बागमती र कोशीमा डेंगुका विरामी सबैभन्दा बढी

तातोखबर, काठमाडौँ / यस पटक डेंगुको सबैभन्दा बढी प्रभाव बागमती र कोशी प्रदेशमा परेको छ। इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले सन् २०२४ लागेपछि ७२ जिल्लामा डेंगु फैलिएको र सबैभन्दा बढी डेंगुका विरामी बागमती र कोशी प्रदेशमा रहेका बताए।
बागमतीमा प्रदेशमा ४२८ जना र कोशी प्रदेशमा २८५ जना डेंगुका विरामी भेटिएका छन्। उनका अनुसार मधेश प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा १८८ जना, लुम्बिनी प्रदेशमा १४८ जना, कर्णाली प्रदेशमा १८ जना र सुदूरपश्चिममा १४० जना डेंगुका विरामी देखिएका छन् ।
जिल्लाअनुसार भने काठमाडौँ र झापामा डेंगुका सबैभन्दा बढी विरामी रहेका छन्। काठमाडौँमा १४१ जना र झापामा ११२ जना विरामी छन्। चितवनमा ७५ जना, मकवानपुरमा ५९ जना, डोटीमा ४७ जना, तनहुँमा ४६ जना, सिन्धुपाल्चोकमा ४४ जना, ओखलढुङ्गामा ४१ जना, रुपन्देहीमा २८ जना र भक्तपुरमा २७ जना डेंगुका विरामी रहेका छन्।
गत साल डेंगुका विरामीको संख्या ५२ हजार ७९० जना पुगेको थियो । डेंगु हुनबाट जोगिने एकमात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो।
उच्च ज्वरो आउने, जोर्नी र मांशपेशी बारम्बार दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु डेंगुका मुख्य लक्षण हुन्। लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउन, मच्छर धूप बाल्न, मलम लगाउन महाशाखाको सुझाव छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस