बालेनको घर अगाडि फोहोर फाल्न सहयोग गर्ने कवाडी व्यवसायीलाई अमरेशको प्रतिबद्धता

काठमाडौँ / प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले काठमाडौँका कवाडी व्यवसायीलाई काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको घर र महानगरअगाडि लगेर फोहोर फाल्न आह्वान गरेका छन्। यसका लागि आफूले सहयोग गर्ने सिंहले प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्य सिंहले प्रतिनिधिसभामा बोल्दै बुधवार उक्त आह्वान गरेका हुन् । उनले मधेशको मान्छे काठमाडौंमा देख्नै नहुने सरकारको यो कस्तो रणनीति हो भन्दै आलोचना गरे ।
उनले कवाडी व्यवसायीमाथि सरकारले दमन गरेको बताए। उनले मधेशी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रंगभेदको आन्दोलन शुरु हुने खतरा देखिएको बताए । उनले आन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइते भएकाहरूको निःशुल्क उपचारको माग गरे ।
सिंहले भने, ‘मधेशका कवाडी व्यवसायीहरू आन्दोलनरत छन् । शान्तिपूर्ण आन्दोलन गर्दा एकाएक लाठी चार्ज भयो, २१ औं शताब्दीमा रंगभेद र जातिभेद गरिन्छ। एउटा वर्गले आन्दोलन गर्दा पानीको फोहरा, केही हुँदैन। सबै फोहर बालेन साहको घर र महानगरपालिका अगाडि थुपारौँ । त्यसका लागि हामी साथमा छौँ। किनभने महानगरले नै सिकाएको हो ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस