यू-१९ छनोट : कञ्चनपुरलाई हराएर कैलाली फाइनलमा

बैतडी / वाईवाई यू-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा कैलाली फाइनलमा पुगेको छ। कैलाली लगातार तेस्रो जित दर्ता गर्दै समूह ‘बी’को शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।
आज सम्पन्न लिग चरणको अन्तिम खेलमा कैलालीले कञ्चनपुरलाई ४ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो । जितका लागि पाएको १४५ रनको लक्ष्य कैलालीले ४१.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
जसमा सुदीप साउदले अर्धशतक हिर्काए। म्यान अफ द म्याच समेत भएका सुदीपले ५७ रन बनाए। कञ्चनपुरका अभिषेक थापाले २ विकेट लिए ।
यसअघि परशुराम रंग मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुर ४२ ओभरमा १४४ रनमा अलआउट भयो। जसमा आर्यन टमटाले ३२ रन बनाउनुबाहेक अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
कैलालीका ओमप्रकाश घिमिरेले ३ विकेट झारे । हारसँगै कञ्चनपुर प्रतियोगिताबाटै बाहिरिएको छ ।
कैलालीले उपाधि भिडन्त बैतडीसँग खेल्नेछ ।
समूह ‘ए’मा रहेको बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर यसअघि नै फाइनलमा पुगिसकेको छ ।
फाइनल खेल असार १ गते हुनेछ। फाइनल खेल तथा समापन समारोहमा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का आउने कार्यक्रम रहेको छ ।
जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आबद्ध प्रदेशका ८ जिल्ला सहभागी थिए ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनोटकर्ता दीपेन्द्र भण्डारीका अनुसार प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिनेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस