पाकिस्तानमाथि माथि भारतको ६ रनको रोमाञ्चक जित

काठमाडौं / आईसीसी टी-२० विश्वकपमा भारतले चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानमाथि माथि ६ रनको रोमाञ्चक जित निकालेको छ ।
लगातार दोस्रो पराजयसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना न्यून भएको छ ।
पहिलो खेलमा अमेरिकाविरुद्ध हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था आएको हो । भारतले सबै खेल जितेको खण्डमा अमेरिकाको आयरल्याण्डविरुद्धको हारले पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना जिवितै राख्ने छ ।
जितपछि भारतको २ खेलमा ४ अंक भएको छ । अमेरिकाको पनि २ खेलमा ४ अंक छ। क्यानडाको २ खेलमा २ अंक रहेको छ भने पाकिस्तान २ खेलमा र आयरल्याण्ड १ खेलमा शून्य अंकमा छन् ।
आइतबार राति न्युयोर्कमा भएको खेलमा भारतले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो । एक समय ७२/२ को अवस्थामा रहेको पाकिस्तानले अन्तिम आठ ओभरमा खेल गुमाउन पुग्यो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए पनि जित भने दिलाउन सकेनन्। इमाद वासिमले १५ रन बनाए भने बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए ।
भारतको जितमा जस्प्रित बुम्राहले ३ तथा हार्दिक पान्ड्याले २ विकेट लिए। अर्सदीप सिंह र अक्षर पटेलको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै ११९ रन जोडेको थियो। भारतका लागि रिशभ पन्तले ३१ बलमा ६ चौका सहित सर्वाधिक ४२ रन बनाएका थिए। यस्तै अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले ३-३ विकेट लिएका थिए भने मोहम्मद आमिरले २ विकेट लिए। १ विकेट शाहिन शाह अफ्रिदीको नाममा रह्यो ।
गएराति नै भएको अर्को खेलमा स्कटल्याण्डकले ओमानलाई ७ विकेटले हरायो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस