प्रतिनिधिसभामा आज अर्थमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौं / सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल बुधबार सकिँदैछ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा बोल्न बाँकी सांसदले आज पनि धारणा राख्नेछन् । संसद् सचिवालयका अनुसार आज एक घण्टा बजेटमाथि छलफल चल्नेछ। सांसदले उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रम छ ।
त्यसपछि अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महशुल विधेयक, २०८१ प्रस्तुत गर्नेछन् । त्यसपछि बजेटमाथि मन्त्रालयगत छलफल शुरु हुनेछ ।
राष्ट्रियसभामा बजेटमाथिको छलफल मंगलबार नै सकिएको छ। बैठकमा अर्थमन्त्री पुनले हिजै सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस