टी-२० विश्वकप आजबाट शुरु, अमेरिका र क्यानाडा आमने सामने हुँदै
काठमाडौं / आईसीसी टी-२० विश्वकप आजबाट शुरु हुँदैछ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ । उदघाटन खेलमा अमेरिका र क्यानाडा आमने सामने हुँदैछन् । खेल नेपाली समय विहान सवा ६ बजे डलासमा सुरु हुनेछ ।
अमेरिकाले टस जितेर बलिङ गर्ने भएको छ। टस हारेको क्यानडाले ब्याटिङ गर्नेछ ।
वेस्ट इन्डिजले दोस्रोपटक विश्वकप आयोजना गर्न लागेको हो भने अमेरिकाले पहिलो मौका पाएको हो। अमेरिकामा क्रिकेटलाई लोकप्रिय बनाउने लक्ष्यसहित विश्वकप अमेरिकामा पुर्याइएको हो।
प्रतियोगिताको इंग्ल्याण्ड साविक विजेता टोलीको हो। इंग्ल्याण्डले सन् २०२२ मा अष्ट्रेलियामा भएको विश्वकपको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि चुमेको थियो ।
प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन् । पछिल्लो संस्करणमा १६ टोलीको मात्र सहभागिता रहेको प्रतियोगितामा यसपटक ४ टोली थपेर २० टोलीमा पुर्याइएको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

