कार्यादेशमा सहमति नजुटेपछि राष्ट्रियसभा बैठक स्थगित

तातोखबर, काठमाडौं / सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको टिओआर (कार्यादेश)का सन्दर्भमा दलहरूबीच सहमति जुट्न सकेको छैन । आज बिहानैदेखि कार्यदल छलफलमा जुटेको भए पनि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम कार्यादेशमा उल्लेख गर्ने/नगर्नेबारे सत्तारूढ र प्रतिपक्षी दलहरू सहमतिमा पुग्न नसकेका हुन् ।
कार्यादेशमा सहमति नजुटेकै कारण संसद् बन्धक बनेको छ। आजका लागि बोलाइएको राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । त्यस्तै, दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि अनिश्चित बनेको छ ।
दिउँसो १ः१५ का लागि बोलाइएको राष्ट्रियसभा यसअघि बैठक ३ः १५ का लागि सरेको थियो । तर दलहरू बीचको विमतिकै कारण राष्ट्रियसभा बैठक समेत बस्न नसकेर स्थगित भएको हो । राष्ट्रियसभाको अर्काे बैठक भाेलि दिउँसाे १:१५ मा बाेलाइएकाे छ भने बिहान ११ बजेका लागि बाेलाइएकाे प्रतिनिधिसभा पनि दिउँसाे २ बजेलाई सारिएकाेमा अझै सुरु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी कांग्रेसले लामिछानेविरुद्ध सहकारी प्रकरणमा छानबिन हुनुपर्ने माग राख्दै प्रतिनिधिसभासँगै राष्ट्रियसभामा समेत अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस