भारतमा चौथो चरणको मतदान जारी, पूर्वक्रिकेटर युसुफ पठान पनि मैदानमा

Chunab-india

काठमाडौं / भारतीय लोकसभा अन्तर्गत आजबाट चौथो चरणको मतदान सुरु भएको छ। १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

आज समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्वक्रिकेटर युसुफ पठान, अभिनेता शत्रुघ्न सिन्हालगायत १७ सय १७ उमेदवार चुनावी मैदानमा छन् । आजको चुनावमा १९ लाखभन्दा बढी मतदान केन्द्र छन् । १७ करोड ७० लाख मतदाताले मतदान गर्नेछन्। ​

Advertisement:Chunab-india

लोकसभाका ५ सय ४३ सदस्य चयनका लागि अप्रिल १९ देखि सुरु भएको मतदान सात चरण अर्थात् जुन १ सम्म हुनेछ। सबै चरणको मतदान सकिएपछि जुन ४ मा मतगणना गरिनेछ ।

विश्वको सबैभन्दा बढी जनसंख्या अर्थात् करिब १ अर्ब ४४ करोड जनसंख्या रहेको भारतमा करिब ९६ करोड ९० लाख मतदाता छन्। कुल मतदातामध्ये ४९ करोड ७० लाख पुरुष र ४७ करोड १० लाख महिला छन् ।

यो निर्वाचनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो पटक सत्ताको बागडोर आफ्नो हातमा लिने लक्ष्यमा छन् । लोकसभामा सामान्य बहुमतका लागि २ सय ७२ सिट जित्नु आवश्यक छ । मोदीको दल भाजपाले सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा ३ सय ३ सिट जितेको थियो ।

प्रतिक्रिया दिनुहोस् :