प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।
प्रचण्डले भोलि असार २८ गते संसदबाट विश्वासको मत लिने कार्यसूची रहेको छ।
त्यस्तै, कांग्रेसले भोलि बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए।
उनले सांसदहरूलाई तटस्थ नरहन र प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको जनाए।
नेकपा एमालेले हिजै आफ्ना सांसदहरूलाई विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ।
नेपाली कांग्रेससँग समीकरणको समझदारी भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। जसकारण संवैधानिक व्यवस्थाअनुसार प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका हुन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस