बझाङ निर्वाचन अपडेट : एमालेका भण्डारी थोरै मतले पछाडि

vote-counting-Bajhang-1

तातोखबर, काठमाडौं / बझाङ प्रदेश सभा १को मतगणना जारी रहँदा एमालेका दमनबहादुर भण्डारीले कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहसँगको मतान्तर घटाएका छन् । भण्डारी अहिले सिंहभन्दा ८३ मतले पछि छन्।

सिंहले ९ हजार १६७ मत ल्याउँदा भण्डारीले ९ हजार ८४ मत प्राप्त गरे ।

Advertisement:vote-counting-Bajhang-1

अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ३५३५ मत ल्याएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३४७ मत ल्याएका छन्।

अहिलेसम्म साढे २४ हजारभन्दा बढी मतगणना सकिएको छ।

प्रतिक्रिया दिनुहोस् :