सहकारी सञ्चालकको सम्पत्ति रोक्का गरेर रकम फिर्ता गर्छौं : गृहमन्त्री

rabi-lamichhane

तातोखबर, काठमाडौँ / गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गरिने बताएका छन् ।

शुक्रवार मन्त्रालयमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरूसँगको भेटका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर त्यसबाटै पीडितहरूको रकम फिर्ता गरिने बताएका हुन् ।

Advertisement:rabi-lamichhane

उनले आफूले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको र सो प्रस्तावमा सिंगो मन्त्रिपरिषद् नै एक ठाउँमा उभिएको जिकिर गरे । उनले अनुसन्धान र कानूनी प्रक्रिया लामो समय जाँदा पीडितलाई धेरै समस्या थपिएको भन्दै उनले कानूनी प्रक्रिया चल्दा चल्दै सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न ढिलो गर्न नहुने बताए ।

सम्पत्ति रोक्का गरेर तत्काल कानुन बनाई उक्त सम्पत्ति बेचबिखन गरी फिर्ता गर्न शुरुवात गरिने उनले बताए । उनले सरकारले यस सम्बन्धमा निर्णय गरिसकेको पनि बताए । उनले चाँडै फरार रहेका, प्रमाणित भएका, ठगी गरेका मानिसहरूको सम्पत्ति रोक्का गरेर त्यसबाट पीडितलाई न्याय दिने क्रमको शुरुवात हुने बताए।

लामिछानेले भने, ‘सहकारी पीडितको बचत फिर्ता गर्नका लागि फरार रहेका सहकारी सञ्चालकका सम्पत्ति र तिनले आफन्तका नाममा राखेका सम्पत्ति समेत तत्काल रोक्का गरी यथाशीघ्र लिलाम गरेर गरिबको पैसा तिर्नुपर्ने व्यवस्था मिलाउन जरुरी छ। सरकारले नागरिकको पीडा त्यसरी हेरेर बस्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस् :