उपनिर्वाचन : मत माग्न नेतादेखि कलाकारसम्मको प्रयोग

तातोखबर, इलाम / उपनिर्वाचनका लागि आज (बुधबार) राति १२ बजे मौन अवधि शुरु हुँदैछ। इलाम-२ मा मौन अवधि भन्दा अघि विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार जनता माझ पुगेर भोट माग्दैछन्।
नेकपा एमालेले चुलाचुलीमा चुनावी सभाको आयोजना गर्दैछ। एमालेले चुलाचुली गाउँपालिका-२ स्वामीचोकमा चुनावी सभा गर्ने भएको हो। चुनावी सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले सम्बोधन गर्ने भएका छन् ।
चुनावीसभामा हास्य कलाकार राजा राजेन्द्र पोखरेलले प्रस्तुति दिने छन् । एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेकपा माओवादी केन्द्र, नेकपा माओवादी र नेपाल परिवार दलको समर्थन छ।
नेपाली कांग्रेसले मंगलबार चुलाचुली गाउँपालिकामाअन्तिम चुनावी सभा गरेको छ।
पहिचान पक्षधरको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमको अन्तिम चुनावी सभा चुलाचुली गाउँपालिका–४ आइतबारेमा हुँदैछ। चुनावी सभामा धरानका नगर प्रमुख हर्क साम्पाङ प्रमुख अतिथि रहनेछन्। चुनावी सभामा र्यापर लाहुरे, गायिका सुनिता थेगिम, एकदेव लिम्बु, सिद्धान्त खड्का र तृष्णा नेम्वाङले प्रस्तुति दिनेछन्।
थेगिमलाई धरान नगरप्रमुख हर्क साम्पाङ, जनजाति संघसंस्थाका साथै नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, आम जनता पार्टी लगायतको सर्मथन छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले देउमाई नगरपालिकाको केन्द्र मंगलबारे बजार र इलाम नगरपालिका–५ विब्ल्याटेमा अन्तिम चुनावी सभा गर्ने उम्मेदवार मिलन लिम्बुले जानकारी दिए। यसअघि रास्वापले आइतबार चुलाचुलीमा चुनावीसभा गरेको थियो।
अन्य साना दल र स्वतन्त्र उम्मेदवार जनताको घरघरमा पुगेर मत माग्दै छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस