साउदी अरेबिया बिरुद्ध नेपालको जित

ओमानमा भइरहेको एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत आज भएको साउदी अरेबिया बिरुद्धको समूह चरणको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै समूह चरणको सबै खेलमा विजय हासिल गरेको छ । ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
अनिश्चित वर्षाका कारण ८ ओभरमा झारिएको आजको खेलमा टस हारेर ब्याटिङ गरेको साउदी अरेबियाले ६ विकेट गुमाउदै ७३ रन जोडेको थियो । पहिलो इनिङको खेलमा करण केसी र अविनाश बोहराले २/२ विकेट लिएका थिए भने ललित राजवंशी र प्रतिश जीसीले १/१ विकेट लिएका थिए ।
जितका लागि ७३ रनको लक्ष्य प्राप्त गरेको नेपाली टोलीमा गुल्शन झाले १९ बलमा ३२ रन जोडेका थिए भने दिपेन्द्र सिंह ऐरीले ९ बलमा १७ रन तथा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले ७ बलमा १६ रनको योगदान गरेका थिए ।
अनिश्चित मौसम र वेट आउटफिल्का कारण ११ः४५ मा हुने भनिएको खेल २ः१५ बाट मात्र सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस