राप्रपाको जनप्रदर्शन : सिंहदरबार क्षेत्रमा तनाब, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहरा प्रहार

तातोखबर, काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीकाे जुलुसले निषेधित क्षेत्र तोडेका छन्। सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र ताेडेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीकाे फाेहरा प्रहार गरेको छ।
सरकार समक्ष राखेका ४० बुँदे माग पूरा गराउन जनदबाब सृजना गर्ने उद्देश्यसाथ राप्रपाले काठमाडौं केन्द्रित जनप्रदर्शन गरेको हो।
राप्रपाले संवैधानिक राजतन्त्रका पुनस्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको छ।
अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार केन्द्र र अधिकार प्राप्त स्थानीय तह बनाउनुपर्ने लगायत ४० बुँदे माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई मागपत्र बुझाएको थियो।
तर सरकारले माग सम्बोधन नगरेको भन्दै राप्रपाले दबाब स्वरुप प्रदर्शन गर्न लागेको हो। प्रदर्शन शान्तिपूर्ण हुने तर रोक्न खोजे निषेधित क्षेत्र तोडेर अघि बढ्ने अध्यक्ष राजेन्द्र लिङ्देनले चेतावनी दिएका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस