महालक्ष्मी विकास बैंकद्वारा दृष्टिविहीनका लागि सहयोगी सामग्री वितरण

काठमाडौं / अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले दृष्टिविहीनका लागि सहयोगी सामग्री प्रदान गरेको छ। केन्द्रीय कार्यालय दरबारमार्गमा मंगलबार कार्यक्रम गरी बैंकले दृष्टिविहीनहरूलाई सेतो छडी लगायत सामग्री वितरण गरेको हो।
संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारले तय गरेको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ लाई आत्मसात गर्दै आफ्नो दरबारमार्ग शाखालाई अपांगमैत्री बनाउन प्रयास गने पनि बैंकले जनाएको छ। साथै अपांगता भएका व्यक्तिहरुलाई सहज सेवा प्रदान गर्न दरबारमार्ग शाखामा एक कर्मचारीलाई सम्पर्क व्यक्ति तथा ‘फोकल पर्सन’को रूपमा खटाएको बैंकले जनाएको छ ।
यस किसिमका कार्यबाट अपांगता भएका व्यक्तिहरुको सहज जीवन यापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस