सानिमा बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुटको व्यवस्था

काठमाडौं / सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी डिजिटल प्राइभेट लिमिटेडसँग विशेष छुटको व्यवस्था गरेको छ।
सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यानिङ) मार्फत सिजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकले २५ प्रतिशतसम्म छुट पाउनेछन्।
साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा एक हजार रुपैयाँ बराबरको ‘क्यास ब्याक’ को व्यवस्था गरिएको छ। न्यूनतम ३० हजार रुपैयाँबराबरको कारोबारमा मात्र क्यास ब्याकको सुविधा पाउने छन्।
समयसमयमा विभिन्न छुट तथा अफर प्रदान गरी आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीको अधिकतम प्रयोगका लागि गर्न प्रोत्साहन गर्दै आएको बैंकले जनाएको छ।
बैंकको देशका सातै प्रदेशमा १३३ कार्यालय तथा १२४ एटीएम सञ्चालनरत छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस