ट्रम्पविरुद्धको मुद्दा खारेज

काठमाडौं / अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध सन् २०२० को संघीय चुनावको नतिजा उल्ट्याउन खोजेको आरोपमाथि सुनुवाई गर्दै आएका संघीय न्यायाधीशले उक्त मुद्दा खारेज गरिदिएका छन्
अवैध रूपमा सन् २०२० को चुनावलाई उल्टाउन खोजेको र वर्गीकृत दस्तावेजहरु आफूसँग राखेको आरोपमा ट्रम्पमाथि मुद्दा दायर गरिएको थियो। ट्रम्पविरुद्धको दुवै मुद्दालाई संघीय न्यायाधीश तान्या चुटकनले खारेज गरिदिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
ट्रम्पविरुद्ध आपराधिक मुद्दा ल्याएका विशेष अभियोजक ज्याक स्मिथले नै न्याय विभागको नीतिको आधारमा आरोप खारेज गर्न आग्रह गरेका थिए। अमेरिकी न्याय विभागको नीतिअनुसार कुनै व्यक्ति राष्ट्रपतिमा निर्वाचित भए सो व्यक्तिमाथिको अभियोगमा प्रतिबन्ध लगाउने प्रवधान छ।
न्यायाधीश तान्या चुटकनले स्मिथको आग्रहमा मुद्दामा सुनुवाई गर्दै ‘पूर्वाग्रहबिनै’ खारेज गरिएको बताए। यसको अर्थ ट्रम्पको दोस्रो कार्यकाल सकिएपछि पुनः आरोप दायर गर्न सकिन्छ। ट्रम्पले भने दुवै घटनामा आफू दोषी नभएको दाबी गर्दै आएका छन्।
केही दिनअघि एक अदालतले पोर्नस्टार स्टोर्मी ड्यानियलसँग जोडिएको हश मनी ट्रायल मुद्दालाई अनिश्चितकालिनका लागि रद्द गरेको थियो। ट्रम्पले ह्वाइट हाउस छाडेपछि उहाँविरुद्ध थुप्रै मुद्दा दायर भएका थिए।
नोभेम्बर ५ मा सम्पन्न निर्वाचनमा ट्रम्पले ऐतिहासिक जित हासिल गरेर ह्वाइट हाउसको पुनरागमनलाई सुनिश्चित गरेपछि विस्तारै उनीविरुद्धका मुद्दा खारेज हुँदै गएका छन्। मुद्दा खारेजीपछि ट्रम्पले आफूमाथिका आरोप कानुनविपरीत रहेको जिकिर गरेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस