सल्यान मिनी ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो

काठमाडौं / सल्यानमा भएको मिनी ट्रक दुर्घटनामा अर्का एकजनाको मृत्यु भएको छ।
सल्यान कपुरकोटको सिनबाङमा सोमबार भएको मिनी ट्रक दुर्घटनाका घाइते चालक २६ वर्षीय मानबहादुर भण्डारीको पनि मृत्यु भएको हो । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
गम्भीर घाइते उनलाई कपुरकोट आधारभूत अस्पतालबाट तत्काल रेफर गरिएको थियो। यो सँगै मृतकको संख्या चार पुगेको छ। अन्य सातजना घाइतेछन् ।
सल्यानको कपुरकोट गाउँपालिका-६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनीट्रक सोमबार साँझ ६ बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनामा स्थानीय १४ वर्षका गोवर्धन खड्का, १२ वर्षीय अनिल भण्डारी, १५ वर्षकी सिर्जना बस्नेतको मृत्यु भएको थियो।
मिनीट्रक सडकबाट १५० मिटर तल खसेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस