माओवादी केन्द्रले आज काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा आयोजना गर्दै

काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा आयोजना गर्दै छ।
केपी शर्मा ओली सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकाल्दै माओवादीले काठमाडौँमा खबरदारी सभाको आयोजना गर्न लागेको हो। आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू पार्टीले निर्देशन दिएको छ। सबै जम्मा भएपछि बाजा, झाँकीसहित सुरु हुने जुलुस रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत हुने छ।
सभामा उपत्यका भित्रबाट मात्र नेता कार्यकर्ता सहभागी हुनेछन्। सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आकलन माओवादीको छ। सभाको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्।
नेपाली कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाएपछि सत्ताबाट बाहिरिएको माओवादी छटपटिमा देखिन्छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस