आगामी निर्वाचनमा एक्लै लड्ने र जित्ने प्रचण्डको दावी

press_center_chitawon_prachand

चितवन / नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले आगामी उपनिर्वाचन र आगामी निर्वाचनमा एक्लै लड्ने र जित्ने दावी गरेका छन्।

प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लड्न र जित्ने दावी गरेका हुन्।

Advertisement:press_center_chitawon_prachand

“म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ। त्यसकारण एक्लै लड्छौँ र जित्छौँ भन्ने आधार देशभरि घुमेर देखेको छु”, उनले भने।

फरक प्रसङ्गमा उनले बाढीपहिरोजस्ता विपदमा सबै एक हुनुपर्ने बताए। उनले राजनीतिक दल, सरकार र सामाजिक सङ्घसंस्थाहरु एक भएर पुनःनिर्माणमा लाग्नुपर्ने बताए।

उनले भने, “सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस् :