देशभरका शैक्षिक संस्थामा आइतबारदेखि तीन दिन बिदा

काठमाडौं / सरकारले देशभरका शैक्षिक संस्थामा आइतबारदेखि तीन दिन बिदा दिएको छ। देशभर वर्षासँगै बाढीपहिरोबाट क्षति पुगेपछि सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
देशभरका शैक्षिक संस्थामा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जनाउँदै शिक्षा मन्त्रालयले शनिबार नै विद्यालय बन्दको निर्णय गरेको थियो।
यता विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने आजको परीक्षा पनि अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगित गरिएको छ। विश्वविद्यालयले सञ्चालन गर्ने सोमबारदेखिको परीक्षा भने सम्बन्धित विश्वविद्यालयले नै मौसमको अनुकूलता हेरेर सञ्चालन गर्न सक्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।
मन्त्रालयले आइतबारदेखि नै लागु हुने गरी सम्पूर्ण विश्वविद्यालयको परीक्षा एक साताकै लागि स्थगित गर्ने विषयमा सम्बन्धित विश्वविद्यालयसँग परामर्श गरेको थियो तर एक सातासम्म परीक्षा पर लैजाँदा शैक्षिक पात्रो नियमित गर्न अप्ठ्यारो पर्ने राय विश्वविद्यालयका पदाधिकारीबाट अनुकुलताका आधारमा परीक्षा सञ्चालनको तयारी भएको छ।
हाल विश्वविद्यालयमा स्नातक तथा स्नताकोत्तर तहका परीक्षा सञ्चालन भइरहेका छन्। यस्तै अधिकांश विद्यालयमा कक्षा १२ सम्मकै विद्यार्थीको प्रथम त्रैमासिक परीक्षा सञ्चालन हुँदैछ । शुक्रबार साँझदेखिको झरी र बाढीका कारण उपत्यकासहितका बाहिरका जिल्लाका शैक्षिक संस्था डुबेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस