सिद्धार्थ बैंकद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेसन थिएटर टेबल हस्तान्तरण

पोखरा / सिद्धार्थ बैंक लिमिटेडले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेसन थिएटर टेबल हस्तान्तरण गरेको छ। शुक्रबार बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. दीपक बहादुर भण्डारीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन्।
उक्त कार्यक्रममा केडियाले बैंकले सामाजिक कार्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखेको भन्दै विश्वविद्यालयसँग हातेमालो गर्न पाउँदा आफूहरूलाई खुशी लागेको बताए।
‘यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने हाम्रो उद्देश्य छ’, उनले भने। यस्तै, रजिस्ट्रार भण्डारीले शिक्षण अस्पतालका लागि बैंकले गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस