कारोबार रकम बढ्दा २६८८ दशमलव ३८ विन्दुमा नेप्से

share-market-increase-news-tatokhabar.com

काठमाडौं / लगातार ६ कारोबार दिनदेखि घटेको शेयर बजार परिसूचक नेप्से आज ७८ दशमलव १७ अंकले बढेर २६८८ दशमलव ३८ विन्दुमा पुगेको छ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १३ दशमलव ३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५ दशमलव ३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४ दशमलव ८३ अंक बढेको छ।

Advertisement:share-market-increase-news-tatokhabar.com

नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ बुधबार ६ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ।

प्रतिक्रिया दिनुहोस् :