सहकारी प्रकरणबारे छानबिन गरिरहेको संसदीय समितिको म्याद १५ दिन थप

काठमाडौँ / सहकारी ठगी प्रकरण छानबिनका लागि गठित संसदीय छानबिन समितिको कार्यावधि १५ दिनकालागि म्याद थप गरिएको छ।
मंगलवारको प्रतिनिनिधिसभा बैठकमा समिति सभापति सूर्य थापाले प्रस्तुत गरेको समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।
त्यसबेलाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अडानपछि गत १५ जेठमा संसद्ले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति बनाएको थियो।समितिको म्याद भदौ २२ मा सकिँदै थियो।
छानबिनका लागि समय लाग्ने भएपछि मंगलबार १५ दिनको समय थप गरिएको हो। समिति सभापति थापाले संसद्मा अहिलेसम्म भएका काम कारबाहीबारे जानकारी समेत गराए।
उनले हालसम्म समितिको ५१ बैठक बसेको, मुलुकमा विद्यमान सहकारी समस्याको जरैदेखि पहिचान र समाधान गर्ने गरी विभिन्न सरोकारवाला र विज्ञसँग समेत छलफल भइरहेको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस