नेप्से बढ्दा ११ कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं / मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर १८३०.१६ विन्दुमा रोकिएर कारोबार बन्द भएको छ । आज ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
यस दिन पाँचवटा समूह बढ्दा आठ वटा समूह भने घटेको छ । आज निर्जीवन बीमा समूह सर्वाधिक ४.७८ प्रतिशत, जीवन बीमा समूह २.२८ प्रतिशत र विकास बैंक समूह १.३२ प्रतिशतले वृद्धि भएको छ। आज नेप्सेमा सूचीकृत १२ वटै निर्जीवन बीमा कम्पनीहरूको र ११ वटा जीवन बीमा कम्पनीको शेयरमूल्य बढेको छ।
नेप्सेमा सामान्य सुधार आँउदा ११ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
सर्वाधिक कारोबार भएको एनएलजी, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषि लघुवित्त, विन्धवासिनी हाईड्रोपावर, इष्र्टन हाईड्रोपावर,सप्तकोशी विकास बैं, कर्पोरेट विकास बैंक र आत्मनिर्भर लघुवित्तको शेयर मूल्य वृद्धि भएको छ।
नेप्से सामान्य बढे तापनि आज हिमालयन पावर पार्टनर, दोल्ती पावर, मितेरी डेभलपमेन्ट बैंक, एनआईबिएल स्टेबल फण्ड, नेपाल फाइनान्स, गुडविल फाइनान्स, मन्दाकिनी हाइड्रोपावर, अप्पर स्याङ्गे हाइड्रोपावर, स्वरोजगार लघुवित्त र माई खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै