पृथ्वीसुब्बा गुरुङको ‘जिब्रो थुत्ने’ अभिव्यक्तिप्रति सत्तापक्षकै सांसदको आपत्ति

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ‘जिब्रो थुत्ने’ भनेर दिएको अभिव्यक्तिप्रति सत्तापक्षकै सांसदले आपत्ति जनाउँदै जवाफ माग गरेका छन्। सत्तारुढ कांग्रेसका सांसद रामहरि खतिवडाले मन्त्री गुरुङको नेपाल प्रहरीका प्रमुखलाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद खतिवडाले मन्त्रीहरूलाई आफ्नो भनाइमा ‘ब्रेक’ लगाउन समेत आग्रह गरे।
‘माननीय सूचना तथा सञ्चार प्रविधिमन्त्रीले नेपाल प्रहरीका आइजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनु भएछ, यो अभिव्यक्ति आपत्तिजनक छ। मन्त्रीहरूलाई आग्रह गर्न चाहन्छु–जिब्रोमा ब्रेक लगाइयोस्।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस