संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ / संघीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक १:१५ बजेका लागि बोलाइएको छ।
प्रतिनिधिसभा बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने कार्यसूची छ। रास्वपाकी सांसद सोविता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएको’ विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेश गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ। सभामुख देवराज घिमिरेले संविधानसभाका सदस्य श्रवणकुमार अग्रवालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्ती देवी राईले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०/८१’ पेश गर्ने कार्यसूची रहेकोसचिवालयले जनाएको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस