आज नेप्सेमा झिनो हरियाली, नाफा बुक गरेर ठुला लगानीकर्ता बजारबाट बाहिरिंदै

share-market-increase-news-tatokhabar.com

काठमाडौँ / लगातार दुई कारोबार दिन राताम्य भएको शेयर बजारमा आज झिनो हरियाली देखिएको छ ।  ठुला लगानीकर्ता बजारबाट निस्किएकाले बजार बढ्न नसकेको आंकलन गरिएको छ।

nepse index

Advertisement:share-market-increase-news-tatokhabar.com

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.८० अकंले बढेर २७८६.४० बिन्दुमा कायम भएको हो । आज ३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँको कारोबार भएको हो । हिजो १८ अर्ब ६४ करोडको कारोबार भएको छ ।

बुधबार बैंकिङ समूहको ०.९२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०९ प्रतिशत, हाइड्रोपावर समूहमको ०.४९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.०१ प्रतिशतसहित आठ उपसूचकमा हरियाली भएको छ । यसदिन पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आजकारोबार रकम पनि आज ह्वात्तै घटेको छ ।

बजारमा बढ्दा जसरी अस्वभाविक वृद्धि भएको थियो सोहि अनुरुप बजार ओरालो लाग्दै गरेको देख्न सकिन्छ । लामो समय होल्डमा शेयर राखेका स–साना लगानीकर्ताहरु समेत शेयर बिक्री गर्न तम्सिएका बेला बजार घटेको अनुमान लगाउन सकिन्छ । बजार निरन्तर घट्न थालेपछि लगानीकर्ता आत्तिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस् :