आज नेप्सेमा झिनो हरियाली, नाफा बुक गरेर ठुला लगानीकर्ता बजारबाट बाहिरिंदै

काठमाडौँ / लगातार दुई कारोबार दिन राताम्य भएको शेयर बजारमा आज झिनो हरियाली देखिएको छ । ठुला लगानीकर्ता बजारबाट निस्किएकाले बजार बढ्न नसकेको आंकलन गरिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.८० अकंले बढेर २७८६.४० बिन्दुमा कायम भएको हो । आज ३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँको कारोबार भएको हो । हिजो १८ अर्ब ६४ करोडको कारोबार भएको छ ।
बुधबार बैंकिङ समूहको ०.९२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०९ प्रतिशत, हाइड्रोपावर समूहमको ०.४९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.०१ प्रतिशतसहित आठ उपसूचकमा हरियाली भएको छ । यसदिन पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आजकारोबार रकम पनि आज ह्वात्तै घटेको छ ।
बजारमा बढ्दा जसरी अस्वभाविक वृद्धि भएको थियो सोहि अनुरुप बजार ओरालो लाग्दै गरेको देख्न सकिन्छ । लामो समय होल्डमा शेयर राखेका स–साना लगानीकर्ताहरु समेत शेयर बिक्री गर्न तम्सिएका बेला बजार घटेको अनुमान लगाउन सकिन्छ । बजार निरन्तर घट्न थालेपछि लगानीकर्ता आत्तिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस