घट्न थाल्यो नेप्से : आज पनि १११ दशमलव ९६ अंकको गिरावट

काठमाडौँ / यस साताको कारोबारको दोस्रो दिन आज पनि नेप्सेमा उच्च अंकको गिरावट भएको छ।
आइतवार ७९ दशमलव ८८ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज मंगलबार १११ दशमलव ९६ अंकले घटेर २ हजार ७८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ।
आज ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर २ लाख ३४ हजार ३६० पटक खरिदबिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
होटल तथा पर्यटन समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै बैंकिङ ४ दशमलव ९२, विकास बैंक ४ दशमलव १८, वित्त ४ दशमलव ६९ र लगानी समूह ४ दशमलव १३ प्रतिशतले घटेको छ।
जलविद्युत् ३ दशमलव ९६, जीवन बीमा ३ दशमलव ६५, उत्पादन तथा प्रशोधन २ दशमलव ९३, लघुवित्त २ दशमलव ९६, म्युचुअल फन्ड १ दशमलव ०९, निर्जीवन बीमा २ दशमलव ४५, व्यापार २ दशमलव १६ र अन्य समूह ३ दशमलव ८५ प्रतिशतले घटेको छ।
तारागाउँ रिजेन्सी होटल लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ति पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६५ करोड ४२ लाख ९ हजार ५८२ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको १४ लाख ५९ हजार ४५० बराबरको कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस