१९ अर्ब माथि कारोबार हुँदा शेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौँ / शेयर बजार परिसूचक नेप्से आज उच्च अंकले घटेको छ। नेप्से आज ७९ दशमलव ८८ अंकले घटेर २ हजार ८९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो।
आज ३३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक खरिदबिक्री हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
लघुवित्त समूह १ दशमलव ०८ प्रतिशत बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै लगानी समूह ३ दशमलव ८३, बैंकिङ ३ दशमलव ३१, वित्त ३ दशमलव ५० र अन्य समूह ३ दशमलव ५५ प्रतिशतले बढेको छ।
विकास बैंक २ दशमलव ४४, होटल तथा पर्यटन २ दशमलव ३८, जलविद्युत् ३ दशमलव ०४, जीवन बीमा २ दशमलव ५०, उत्पादन तथा प्रशोधन १ दशमलव ९८, म्युचुअल फन्ड १ दशमलव ५९, निर्जीवन बीमा २ दशमलव ३२ र व्यापार समूह १ दशमलव ७६ प्रतिशतले घटेको छ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै घट्नेमा भने मन्दाकिनी हाइड्रोपावर लिमिटेड र १० दशमलव २५ प्रतिशत, कुमारी बैंक लिमिटेड डिभेञ्चर–८६ को शेयर मूल्य ९ दशमलव ०९ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपी पावर लिमिटेडको आज सबैभन्दा धेरै ८४ करोड ६८ लाख १७ हजार रुपैयाँ बराबरको २२ लाख ७८ हजार ७८७ कित्ता शेयर किनबेच भएको छ।