बजारमा माग बढेसँगै अण्डाको मूल्य बढ्यो

चितवन / बजारमा माग बढेसँगै व्यवसायीले अण्डाको मूल्य बढाएका छन्।
चितवनको दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले शनिबारदेखि अण्डाको मूल्य बढाएको जानकारी दिए। हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच, ठूलो र मध्यमको १० रुपैयाँले बढाएको जानकारी दिए।
व्यवसायीले एक्सल अण्डा प्रतिक्रेट (३० वटा) को ५०५ रुपैयाँ तय गरेका छन्। ठूलो अण्डा ४९५ र मध्यम अण्डाको मूल्य ४२५ तोकिएको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्नसक्ने भनेपछि फार्महरूले आफैँ मूल्य निर्धारण गरेका हुन्।
नेपाल लेयर्स कुखुरा पालक संघ चितवनका पूर्वअध्यक्ष त्रिलोचन कँडेलले माग बढेको तर उत्पादन घटेको बताए। झण्डै दुई महिना अघि २५ देखि २६ लाख दैनिक अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २३ देखि २४ लाखमा झरेको उनले दाबी गरे।
व्यवसायीले केही महिनाअघि अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा कायम गरेका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस