गत आवमा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रियाे

काठमाडौँ / गत आव ०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) मुलुकमा भित्रिएको छ। नेपाल राष्ट्र बैंकले हिजाे सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाहमा साढे १६ प्रतिशतले वृद्धि भएको विवरणामा उल्लेख छ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह साढे १४ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ। आव ०७९/८० मा यस्तो आप्रवाह १३ दशमलव ९ प्रतिशतले बढेको हाे ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ६० हजार १०३ जना र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८१ हजार १९९ जना रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ९७ हजार ७०४ जना र २ लाख ७७ हजार २७२ जना रहेको थियो।
समीक्षा वर्षमा खुद ट्रान्सफर १४ दशमलव ७ प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२ दशमलव ५ प्रतिशतले बढेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस