संक्रमणकालीन न्यायसम्बन्धी विधेयक आज राष्ट्रिय सभामा पेश हुने

काठमाडौं / संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बिहीबार राष्ट्रिय सभामा पेश हुने भएको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक बुधबार बाट पारित गरिएको थियो।
विधेयक पारित भएको सन्देश आज कार्यालय समय शुरु भएलगत्तै राष्ट्रियसभामा पठाइने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। त्यसपछि राष्ट्रियसभा बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिले प्राप्त सन्देशसहित विधेयक टेबुल हुने कार्यसूची तय गर्ने उनले बताए।
राष्ट्रियसभाका सचिवले सन्देशसहित प्राप्त विधेयक टेबुल गर्नेछन्। राष्ट्रियसभा नियमावली अनुसार विधेयक टेबुल भएको दुई दिनपछिको बैठकमा छलफल हुने व्यवस्था भएकाले सोहीअनुसार छलफल गरी पारित गर्ने प्रक्रिया अघि बढ्नेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस