एनआईसी एशिया बैंकको प्रचार प्रसारले गरेन काम, ग्राहक माथिको दुर्व्यवहारको परिणाम

काठमाडौं / एनआईसी एशिया बैंक लिमिटेडले बाहिर जति प्रचार प्रसार गरेपनि बैंकको वित्तीय अवस्था खराब रहेको पछिल्ला सूचकहरुले देखाएको छ।
बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन्न चारवटा कम्पनीहरूको ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक शेयर बिक्रीमा राख्नुले बैंकको अवस्था छर्लंग पारिदिएको छ।
बैंकले आफ्नो स्वामित्वको नेपाल इन्फान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को ९ लाख ६५ हजार कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९२ हजार ३४९ कित्ता, सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५१ हजार ८०५ कित्ता र सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
यो पनि पढ्नुहोस् : एनआईसी एसिया बैंक प्रति जनविश्वास घट्दै, २ अर्ब ८४ करोड लगानी जोखिममा
बैंकले आफ्नो वित्तीय अवस्था सुधार गर्न भन्दा पनि अनावश्यक प्रचार प्रसार गरेर निक्षेपकर्तालाई गुमराहमा राख्न खोजेको देखिन्छ।
ग्राहकहरुलाई बैंकले अनावश्यक दु:ख दिने गरेको कुरा केहि समय अगाडी मिडियाले बाहिर ल्याउँदा बैंकको समग्र वित्तीय अवस्था खस्केको कुरा जति प्रचार प्रसार गरेपनि धेरै सूचकहरु मार्फत देखिने कुरा हो।
एनआईसी एसियाले ग्राहक माथि गरेको दुर्व्यवहारको परिणाम विस्तारै देखिएको छ । धेरै जसो ग्राहकहरुले एनआईसी एशिया बैंकको सेवा सुविधा सन्तोषजनक नभएको भन्दै अन्य बैंकबाट सेवा लिन शुरु गरेको प्रतिक्रियाहरु सामाजिक संजालमा थुप्रै देख्न सकिन्छ।
निक्षेपकर्ता धमाधम अन्य बैंकमा पुगेपछि बैंकका कर्मचारी समेत मारमा परेको, कर्मचारीलाई माथिल्लो तहबाट अनावश्यक टर्चर दिन थालेको बैंकका एक कर्मचारीले तातोखबरसँगको कुराकानीमा बताए।
ग्राहक पनि असन्तुष्ट कर्मचारी पनि असन्तुष्ट हुँदा बैंकको समग्र प्रणाली नै धरापमा रहेको कुरा बुझ्न ढिलो गर्नु हुन्न।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस