नेपाली सेनाले नयाँ प्रधानसेनापति पायो

काठमाडौं / नेपाली सेनाले नयाँ प्रधानसेनापति पाएको छ। प्रधानसेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई बिहीबार आफ्नो कार्यभार हस्तान्तरण गरेका छन्।
सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्माले आजदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरिसकेका छन्।
मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्नेछन्। त्यसपछि उनी प्रधानसेनापतिको रुपमा काम गर्नेछन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोकिसकेका छन्। प्रधान सेनापति शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदैछन्।
प्रधान सेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहे अनुसार रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस