आज नेप्से सामान्य अंकले बढ्यो

share-market-increase-news-tatokhabar.com

काठमाडौँ / कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.७० अंकले बढेर २७६६.३८ को विन्दुमा कायम भएको छ । बिहीबार नेप्से बढेसँगै ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख रुपैयाँमाथि कारोबार भएको हो ।

बिहीवार ६ वटा उपसूचकमा हरियाली छाएको छ । यस दिन उत्पादन तथा प्रशोधन, इन्भेष्टमेन्ट, हाइड्रोपावर, ट्रेडिङ, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक वृद्धि भएको हो । अन्य उपसूचक भने राता छन् ।

Advertisement:share-market-increase-news-tatokhabar.com

nepse today share market

आज नेप्सेमा ७९ वटा कम्पनीको शेयरमा हरियाली छाएको छ। जसमा कर्णाली डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एण्ड आयल, सर्वाेत्तम सिमेन्ट र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा बढेको हो ।

यस्तै विशाल बजार कम्पनीको ९.४९, मन्दाकिनी हाइड्रोपावरको ९.३० र निफ्राको ८.६६ प्रतिशतले शेयरमूलय बढेको छ ।

प्रतिक्रिया दिनुहोस् :