कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ। पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजे देखि शुरु हुनेछ।
बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुने बताइएको छ। बैठकले उपसभापति र महामन्त्रीद्वयका राजनीतिक, सांगठनिक र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
त्यसैगरी पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनबारे पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने तय भएको छ। सरकार सञ्चालनसँगै पार्टीलाई तल्लो तहसम्म लग्न केन्द्रीय कार्यसमिति बैठक केन्द्रित हुने परियारले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस