शेयर बजारमा भारी गिरावट, कारोबार २४ अर्ब नजिक

काठमाडौं / केही दिनयता लगातारजसो बढ्दै आएको शेयर बजारमा मंगलबार भने भारी गिरावट देखिएको छ।
सोमबार ४० अंक बढेर २८ सय बिन्दु नजिक पुगेको शेयर बजार परिसूचक नेप्से मंगलबार १४५ अंकले घटेको हो।
१४५.०५ अंकले घटेको नेप्से परिसूचक २६५१.३२ विन्दुमा आएर रोकिएको छ।
शेयर कारोबार भने झण्डै २४ अर्ब नजिक पुगेको छ। मंगलबार ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको छ। यो अहिलेसम्मकै सर्वाधिक हो।
मंगलबार कारोबार आएका २४२ मध्ये ८ वटा कम्पनीको मात्र शेयर मूल्य बढेको छ।
थ्रीस्टार हाइड्रोपावर लिमिटेड र कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी आरम्भ चौतारी लघुवित्त, हिमालयन रिइन्सुरेन्स, मैलुङखोला जलविद्युत कम्पनी, माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेड र सगरमाथा जलविद्युत लिमटेडको शेयर मूल्य बढेको छ।
२ सय ३३ कम्पनीको शेयर मूल्य घट्दा नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर मूल्य यथावत रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस