आईसीसी महिला टी–२० विश्वकप बंगलादेशबाट अन्यत्र सर्ने सम्भावना

काठमाडौँ / बंगलादेशको पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका कारण आगामी असोज १७ गतेदेखि कात्तिक ४ गते (अक्टोबर ३ देखि २० तारिख)सम्म आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप बंगलादेशबाट अन्यत्र सर्ने सम्भावना बढेको छ।
अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बंगलादेशको राजनीतिक अवस्थाले विश्वकप आयोजना गर्न सम्भव नभए अन्य देशमा लौजाने विकल्प रहेको जनाएको छ।
आईसीसीले भारत, श्रीलंका र संयुक्त अरब इमिरेट्स (यूएई) लाई विश्वकप आयोजनाको वैकल्पिक देशको रुपमा समेत लिएको छ।
महिला टी–२० विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्दै छन्। बंगलादेशमा गत एक महिनादेखि सरकारविरोधी आन्दोलन चलिरहेको थियो भने हिजो प्रधानमन्त्री शेख हसिना वाजेद पदबाट राजीनामा दिएर देश छाडेर भागेकी छिन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस