काभा भलिबल : फाइनल प्रवेशका लागि आज नेपालले इरानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं / काभा वुमन्स नेसन्स भलिबल लिगमा फाइनल प्रवेशका लागि आज साँझ सवा ५ नेपालले इरानसँग प्रतिस्पर्धा गर्दै छ।
सेमिफाइनलको पहिलो खेलमा भारत र श्रीलंका भिड्दैछन्। यी दुईको खेल दिउँसो ३ बजे त्रिपुरेश्वर स्थित कभर्ड हलमा हुनेछ। भारत तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइन प्रवेश गरेको हो भने श्रीलंका तालिकाको पुछारमा स्थान बनायो। नेपाल र इरान तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेर सेमिफाइलमा स्थान बनाए।
नेपालले श्रीलंका र माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो। भारतलाई महिला भलिबलमा पहिलो पटक हराएको नेपाली टोली भने इरानसँग ३-२ को सेटमा पराजित भएको थियो।
आज भने समूह चरणमा हारको बदला लिँदै फाइनलमा स्थान सुरक्षित गर्नु पर्ने नेपाललाई चुनौति रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस