बौद्ध धर्मावलम्बीले मनाउने ‘गुँला’ पर्व शुरु

काठमाडौं / बौद्ध धर्मावलम्बी नेवार समुदायले मनाउने ‘गुँला’ पर्व शुरु भएको छ।
यो पर्व गुँलाथ्व पारु (श्रावण शुक्ल प्रतिपदा) मा शुरु भएर ञलाथ्व पारु (भाद्र शुक्ल प्रतिपदा) सम्म मनाउने प्रचलन छ। नेपाल संवतको नवौँ महिनामा यो पर्व मनाइन्छ। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भन्ने बुझिन्छ।
एक महिनासम्म विभिन्न बाजागाजासहित बौद्ध चैत्य गुम्बा र बिहार परिक्रमा गर्ने चलन छ। विशेषगरी बौद्धमार्गीको पर्व भए पनि अचेल हिन्दु समुदायका श्रद्धालु पनि यो पर्वमा सहभागी हुन थालेका छन्। बौद्ध धार्मिक स्थलसँगै मठमन्दिर पनि परिक्रमा गर्ने चलन बढेको छ।
यस अवधिभर माछामासु, जाँडरक्सी आदि खान नहुने धार्मिक मान्यता छ। यो वर्ष सोमबार साउन २१ देखि शुरु भएर भदौ १९ गते पर्व समापन हुनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस