सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले दाबी पेश गरे

काठमाडौं / सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गरेका छन्।
कांग्रेसबाट मुख्यमन्त्री बन्ने दौडमा बहादुरसिंह थापा, दिवानसिंह विष्ट र प्रकाशबहादुर देउवा पनि थिए। तर, आजै बिहान बसेको पार्टी संसदीय दलको बैठकले शाहलाई नै मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेअनुसार शाहले प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका हुन्।
शाहलाई कांग्रेसका १८ र एमालेका १० गरी २८ सांसदको समर्थन छ। नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्ने इच्छा राखेको कांग्रेस सांसद मेघराज खड्काले बताए। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएपछि प्रदेश प्रमुख नाजिर मियाले आज साँझ पाँच बजेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेका थियो।
केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार सुदूरपश्चिममा पनि सरकार फेरिएको हो। मन्त्रालयको भागबण्डा भने मिल्न बाँकी रहेको खड्काले बताए। यससँगै कांग्रेसका शाह दोस्रोपटक मुख्यमन्त्री बन्ने पक्का भएको छ।
केन्द्रमा नयाँ समीकरण बनेपछि गत चैत २२ मा पदबाट राजीनामा दिएका शाहले अघिल्लो पटक १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस