भारतको आसाममा टाटा मोटर्सले सेमीकन्डक्टर प्लान्ट स्थापना गर्दै

काठमाडौं / आसामको मोरिगाउँमा २७ हजार करोड लगानीमा टाटा समूहले सेमीकन्डक्टर प्लान्ट स्थापना गर्ने भएको छ।
सेमीकन्डक्टर उद्योग भविष्यको लागि आधारभूत आवश्यकता भएको र चिपहरू मानिसहरूले आफ्नो दैनिक जीवनमा गर्ने लगभग सबै कुराको हिस्सा हुन गइरहेको अवस्थामा टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनले उक्त उद्योग स्थापनाको घोषणा गरे।
उनले उद्योग सन् केही समयमै अर्थात् सन् २०२५ मा सुविधा सम्पन्न भई सञ्चालनमा आउने उनको विश्वास छ। “सेमिकन्डक्टर प्लान्ट भविष्यको लागि आधारभूत प्लान्ट हो। चिप्स हामीले हाम्रो दैनिक , औद्योगिक र उपभोक्ता जीवनमा गर्ने सबै कुराको हिस्सा हुन गइरहेको छ। यसले २७ हजार मानिसहरूले प्रत्यक्ष रोजगारी र थप १२ हजार अप्रत्यक्ष रोजगारीहरू उत्पादन वा रोजगारी दिन्छ,” अध्यक्ष चन्द्रशेखरनले थपे।
आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले यस प्लान्टमा ११ हजार देखि १३ हजार अप्रत्यक्ष रोजगारी सिजना गर्ने अपेक्षा गरिएको उल्लेख गरे।
यसैबीच, केन्द्रीय सूचनाप्रबिधि मन्त्री अश्विनी वैष्णवले यो प्लान्ट धेरै ठूलो हुने र प्रति दिन करिब ४.८३ करोड चिप्स उत्पादन गर्ने बताए।
यस प्लान्टमा प्रयोग गरिने तीनवटै प्रमुख प्रविधिहरू भारतमा विकसित भएका प्लान्टमा उत्पादित चिपहरू विद्युतीय सवारीसाधनमा प्रयोग हुने र व्यावहारिक रूपमा हरेक ठूला कम्पनीले यी चिप्स प्रयोग गर्ने उनले उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस