टाटा ब्राण्डका गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत ब्याजदरमै कर्जा दिने

काठमाडौं / टाटा ब्राण्डका गाडी खरिदमा ९.९९ प्रतिशत ब्याजदरमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा महालक्ष्मी विकास बैंक र जे.बी.अटोमोटिभ कम्पनी प्रालिबीच समझदारी भएको छ ।
महालक्ष्मी विकास बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी. अटोमोटिभबीच हाले समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकले बैंकमा ९.९९ प्रतिशतमै सहज कर्जा पाउनेछन्।
विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहनेगरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहनेगरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्ने छ।
कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल, सम्पूर्ण शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको ‘क्युआर कोड’ स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।
बैंकले गत वर्ष पुस २८ मा सम्पन्न बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारका रूपमा ल्याउन प्रस्ताव समेत पारित गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस