एमालेका मनोनित केन्द्रीय सदस्यले आज शपथग्रहण गर्ने

काठमाडौं / नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको आज शपथग्रहण समारोह रहेको छ।
पार्टी सचिवालय बैठकबाट मनोनीत भएका पार्टीका एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्यहरू तथा १७ केन्द्रीय सदस्य लगायतले आज शपथ लिँने तयारी थालेका छन्। गत साउन १७ गते बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उनीहरूलाई मनोनीत गरेको थियो।
उनीरूलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले शपथ गराउने कार्यक्रम रहेको छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम समेत रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस