जापानमा अधिकतम तापक्रमको रेकर्ड ब्रेक

जापानमा १२६ वर्ष देखि मौसम मापन सुरु भएसँगै यस वर्षको जुलाईमा अधिकतम तापक्रम मापन गरेको मौसम विभागले जनाएको छ।
गत वर्ष जुलाईमा मापन गरिएको औसतभन्दा १.९१ डिग्री सेल्सियस बढी तापक्रमको रेकर्ड तोड्दै यस वर्ष देशको तापक्रम औसतभन्दा २.१६ डिग्री सेल्सियसले बढेको छ।
जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले बिहीवार राष्ट्रव्यापी रूपमा तथ्याङ्क उल्लेखनीय रूपमा उच्च भएको उल्लेख गर्दै भनेको छ, “सन् १८९८ मा तथ्याङ्क सुरु भएदेखि मापन भएको यो सबैभन्दा उच्च तापक्रम हो।”
जापानभरिका १५३ मौसम अवलोकन समीक्षामध्ये ६२ ले जुलाईमा आफ्नो औसत तापक्रमको रेकर्ड तोडेको हो। प्रशान्त महासागरको उच्च चाप र दक्षिणबाट आएको न्यानो हावा तापक्रम वृद्धि गर्ने मुख्य कारक रहेको जेएमएले बताएको छ।
विपद् व्यवस्थापन एजेन्सीका अनुसार अप्रिलदेखि जापानमा अत्यधिक तापक्रमका कारण आउने स्वास्थ्य समस्या (हिटस्ट्रोक) का कारण ५९ जनाको मृत्यु भएको छ।
अधिकारीहरूले ‘अत्यन्त तातो’ ठानेको ३५ डिग्री तापक्रमको रेकर्डलाई ब्रेक गर्दै गत महिना टोकियोको पश्चिम सिजुओका यस वर्ष ४० डिग्री सेल्सियस तापक्रम पुग्ने पहिलो जापानी क्षेत्र बनेको छ।
यसैबीच, युरोपेली सङ्घको जलवायु अनुगमनले इतिहासमै पृथ्वीमा रेकर्ड गरिएको सबैभन्दा तातो दिनहरू जुलाईमा अनुभव भएको बताएको छ।
(रासस)
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस