एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

Samajbadi_Nepal

काठमाडौं / नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे देखि बैठक सुरु हुने भनिए पनि १ बजे देखि शुरु भएको हो।

Advertisement:Samajbadi_Nepal

बैठकमा पार्टीको केन्द्रीय सदस्य चयनका विषयमा छलफल हुनेछ।

एक महिनाअघि पार्टीको दशौं महाधिवेशन सम्पन्न गरेको समाजवादीले केन्द्री कमिटीलाई पूर्णता दिन सकेको छैन।

२ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भनिए पनि महाधिवेशनबाट ९३ जना केन्द्रीय सदस्य चयन गरेको थियो। महाधिवेशनले अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई दोहोर्याएको छ भने अरू पदाधिकारी पनि चयन हुनै बाँकी छ।

समाजवादीकी नेतृ जयन्तीदेवी राईका अनुसार केन्द्रीय सदस्यहरूको चयनपछि पूर्ण बैठकले पदाधिकारी चयन गर्नेछ।

प्रतिक्रिया दिनुहोस् :