सेयर बजारमा नयाँ रेकर्ड : ६४.२५ अंकले बढ्यो नेप्से

काठमाडौं / सेयर बजार परिसूचक नेप्सेमा बुधबार नयाँ रेकर्ड कायम भएको छ। बुधबार अहिलेसम्मकै झण्डै २२ अर्ब हाराहारीको कारोबार भएको हो।
यसदिन २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यो कारोबार रकम हालसम्मकै धेरै हो। यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ५३ करोडको शेयर खरिदबिक्री भएको थियो।
बुधबार नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ। १ दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ। सबै समूहका सूचक बढेका छन् ।
आत्मनिर्भर लघुवित्तको शेयर मूल्य भने सर्वाधिक ६.५२ प्रतिशतले घटेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस