काठमाडौं / आज नेपाली बजारमा सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
गत साउन २ गते नेपालमा सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन १७४० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य १७८० रुपैयाँ कायम भएको छ ।